
बझाङ,असार ७ गते ।बझाङ जिल्लालाई ५७ औ साक्षर जिल्ला घोषणा गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा जिल्ला समन्वय समिति बझाङको सभाहलमा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर आज बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका १२ वटै स्थानीय तहका १५ देखी ६० बर्ष उमेर समूहका निरक्षरहरूलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पुरा गरे अनुसार स्थानीय तहहरू यस अघि नै साक्षर घोषणा भइसकेकाले साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मङ्गलवार औपचारिक रुपमा जिल्ला लाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र बहादुर कडायतले बताउनुभयो ।
साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएपनि बाँकी रहेको ५ प्रतिशत पनि साक्षर हुनेगरी पुर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरूको बीचमै विद्यालय छोड्ने भएकाले कसरी कम गर्न सकिन्छ । त्यस तर्फ समेत सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।


622 पटक हेरिएको 









