बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

  कल्पना उपाध्याय  503 पटक हेरिएको

बझाङ,असार ३ गते । बझाङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज जिल्लाको केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहराको घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

बोहराले दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गएको छ ।

मृतक शव पोष्टमार्टमाका लागी जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ । बोहराले आत्मा हत्या गरेको या हत्या भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार