
बझाङ,जेठ २३ गते । बझाङमा पत्रकारहरुको क्षमता विकासका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । आज सदरमुकाम चैनपुरमा सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
पत्रकारहरुको क्षमता विकास तथा आचारसंहिता कार्यान्वयनका लागि दुई दिने कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए । उनका अनुसार प्रदेश समितिले सुदूरपश्चिमका सबै जिल्लाहरूमा पत्रकारको क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य तथा अधिवक्ता सरिता तिमिल्सिनाले पत्रकारहरु राज्यको चौथो अंग भएको हुँदा सत्य, तथ्य तथा मर्यादीत समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।उनले जुनसुकै मिडिया हाउसमा काम गरे पनि आफ्ना प्रकाशित तथा प्रसारित समाचारले देश विकासमा टेवा पुग्ने खालका समाचार प्रकाशित गर्नुपर्ने बताइन् । अभिमुखीकरण तालिम भोलिसम्म चल्नेछ ।


395 पटक हेरिएको 









