
बझाङ,जेठ २१ गते ।बझाङकी एक किशोरीले भारतको बेङ्गलोरमा आत्महत्या गरेकि छन् ।
जिल्लाको थलारा गाउँपालिका ६ गुगै घर भएका ज्ञान बहादुर नेपालीकी कान्छी छोरी १८ बर्षिया आँचल नेपालीले बेङ्गलोरको ईलेक्ट्रोनसिटिको आफ्नै बसोबास गर्ने ठाँउमा आत्महत्या गरेकि हुन् ।
आँचलले आत्महत्या गर्नु अगाडी सुसाइड नोट लेखेको पाइएको छ । सुसाइड नोटमा नेपालीले आफू कसैको कारणले नमरेको कुरा लेखेको समेत जानकारी प्राप्त भएको छ।
घटनाको सत्यतथ्य बारे अनुसन्धान भइरहेको र बेङ्गलोर पोलिसले मृतकलाई पोस्ट माटमका लागि अस्पताल लगिएको बताइएको छ।


2455 पटक हेरिएको 









