बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता

  कल्पना उपाध्याय  270 पटक हेरिएको


बझाङ, जेठ २१ गते। बझाङमा यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाँउपालिका वडा नम्बर १ विछाडा बस्ने ३५ बर्षिया सिन्की देविबाहेरा हिमपहिरोमा परि बेपत्ता भएको जिल्लाप्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो ।

बोहरा आफन्त संग यार्सा संकलनगर्नका लागी धनसेरी हिमालको फेदिब्यासीमारे भन्ने स्थानमा पुगेकीथिईन् । १९ गते दिउसो यार्सा संकलनगर्ने क्रममा हिमपहिरोमा परी बेपत्ता भएकीबोहराको स्थानीयबासिन्दाले खोजतलास गरी रहेका छन् ।उक्त स्थानमा राम्रो संग टेलीफोनले काम समेत नगर्ने भएकाकारण शुक्रबार मात्रै घटना बारे जानकारी भएको जिल्लाप्रहरी कार्यलयले जनाएको छ । घटना बारे थप अनुसन्धान, खोजतलास तथा उद्धार कार्यकालागीप्रहरी चौकी दौलीचौर बाट प्रहरी निरीक्षक रमेश दत्तअवस्थीको कमान्डोमाप्रहरी टोली घटना स्थलतर्फ खटि गएकोे डिएसपि विष्टले जनाकारी दिनुभयो ।

यसै विच एक हप्ता अघि मात्रै सुर्मा गााउपालिका वडा नम्बर ४ की १७बर्षिया सुस्माबोहराको समेत मृत्यु भएको थियो । यार्सा संकलन कै क्रममा टाउको पेट दुखेपछि उपचार नपाएर उहाँको नाकमुख बाट रगतआएर मृत्यु भएको आफन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार