बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रोकायाद्वारा बाढीग्रस्त क्षेत्रको अनुगम

  कल्पना उपाध्याय  782 पटक हेरिएको

बझाङ,बझाङको खप्तड छान्ना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उत्तम बहादुर रोकायाले बाढीग्रस्त क्षेत्रको अनुगम गर्नुभएको छ।

आफू निर्वाचित भएको एक हप्ता नबित्दै उहाँले २०७८ असोज २९ गते देखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल बर्षाका कारण आएको बाढी पहिरोले पुर्णरुपमा क्षतिग्रस्त गरेको ठाउँहरुको अनुगमन गर्नुभएको हो ।

अविरल वर्षाका कारण प्रभावित बनेका खप्तड छान्ना गाउँपालिका बासीहरुको घर परिवारमा अध्यक्ष रोकायाको टोलिले बुधबार अनुगमन गरेको हो । यस्तै रोकायाले तत्काल स्थानीयवासी तथा बाढीपीडितहरुलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । विद्यार्थी राजनीति देखि खारिएर आएका रोकाया अहिले गाउँपालिका अध्यक्ष भईसकेपछी टोलटोलमा गएर जनताका समस्या बटुलि रहनुभएको छ् ।

‘गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि धेरै काम गर्ने योजना छ । केही काम क्रमागत जालान् । तर, मैले सबैभन्दा पहिले गर्नुपर्ने काम खप्तड छान्ना गाउँपालिकाका बाढीपिडितहरुलाई राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता देखेको छु,’ उहाँले भन्नुभयो । यस्तै प्रत्येक घरधुरीलाई स्वच्छ खानेपानी पुर्याउने, स्वास्थ्य, शिक्षा, लगायतका योजना मेरो पहिलो प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

पाँच वर्षिय कार्यकालमा आफ्नो पालिकालाई नमुना पालिका बनाउन नबिन सोचका साथ काम गर्ने अध्यक्ष रोकायाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणमाको भावना जागृति गर्दै आफु राजनीतिमै होमिएको उहाँले बताउनुभयो ।नवनिर्वाचित गाउँपालिका अध्यक्ष उत्तम रोकाया नेपाली काङ्ग्रेस पार्टिको चौधौं महाधिवेशनमा जिल्ला कार्यसमितिको सचीव पदमा समेत निर्वाचित हुनुभएको हो । अहिले गाउँपालिकाको टिकट लिएर गाउँपालिका अध्यक्ष पदका गठबन्धनका साझा उम्मेदवार बाट भारी मत लिएर विजय हुनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार