बझाङ । बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आईतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ बर्षिया बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो । मृतक बोहरा सभापती खडक बोहराका जेठा छोरा हुन् ।
त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सात जनाको अबस्था सामान्य रहेको छ ।
चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरूमध्ये अधिकांश बोहराका आफन्त रहेका प्रहरीले जनाएको छ ।


477 पटक हेरिएको 









