बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

  कल्पना उपाध्याय  1079 पटक हेरिएको

 

कल्पना उपाध्याय, बझाङ ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं १ खातीगाउँ की ४१ वर्षिया मालती देवि खातीकोे घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

उनी बिहान ७ बजे नास्ता खाएर घाँस काट्न गएकि र उनको आज दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको स्थानिय सुरेन्द्र खातीले जानकारी दिए ।

खाती पौवागढी स्थित कल्याणकारी बहुउदेश्यि सहकारी संस्थाकि म्यानेजर हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार