
कल्पना उपाध्याय । बझाङ,,बझाङ घर भएकी एक महिलाको कैलालीमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।
जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नं .५ मतुवा स्थायि घर भई कैलालीको टिकापुर नगरपालिका वडा नं.१ मा बस्दै आएकि ३० वर्षिया सत्य बोहोराको आज बिहान ७ बजे घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको हो ।
बोहोराका श्रिमान रोजगारीको शीलसीलामा भारतमा रहेका छन् । उनी केटाकेटीहरु पढाउनको निम्ती बिगत ३ बर्ष देखी कैलालीको टिकापुरमा बस्दै आएकि थिइन् । मृतकका एक छोरा र एक छोरी रहेकाछन् ।


1080 पटक हेरिएको 









