
बझाङ।बझाङ जिल्ला उद्यम विकास सहजकर्ता संघको अध्यक्षमा दशरथ जप्रेल चयन हुनु भएको छ ।
बझाङ जिल्लामा रहेका सम्पुर्ण उधम विकास सहजकर्ताहरुको हकहित र अधिकारको निमित्त गठन भएको संघमा साविकका अध्यक्ष नरेश ब. जेठाराको कार्य व्यस्तताको कारण र यस संघ लाई अझ बढि सशक्त र बलियो बनाउने उदेश्यले आज जप्रेललाई चयन गरिएको हो ।
हाल बझाङ जिल्ला का १२ वटा स्थानियतहरु मध्ये १० वटा स्थानिय तहमा २-२ जना र २ वटा स्थानिय तहमा १-१ जना उद्यम विकास सहजकर्ता र १ जना घरेलु कार्यालयका गरी ५ जना कर्मचारी कार्यरत छन । यस संघले अन्य आय आर्जनका क्रियाकलाप,उद्यमको क्षेत्रको उद्यमशिलता तालिम,विभिन्न सीप विकास तालिम र व्यवसायिक योजना प्रस्तावना तयारको काम गर्नुका साथै व्यवसायिक स्रोत,सम्भावना अध्यन लगायतको काम पनि गर्दैेआएको छ ।
उद्यम विकास सहजकर्ता संघ उद्यम क्षेत्रमा काम गर्ने सस्था भएकोले स्थानीय र अन्य सरकारी तथा गैर सरकारी सस्थाले उद्यमशिलता तालिम, सीप तालिम र आय आर्जनका काम दिए, दक्ष र गुणस्तरिय सीप दिन तयार रहेको अध्यक्ष जप्रेलले बताएउनुभएको छ् ।यस्तै प्रत्येक जिल्लामा संघ गठित गरेर राष्टिय उधम विकास सहजकर्ता महासंघ गठन भएको छ ।
महासंघले उद्यम विकास सहजकर्ताहरुको अधिकार को निम्ति पनि लडिरहेको वझाङ जिल्ला उधम विकास संघका सचिब प्रदिप कुमार खड्काले जानकारी दिनुभएको छ ।


451 पटक हेरिएको 









