बझाङको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरु ।।

  कल्पना उपाध्याय  570 पटक हेरिएको

 

कल्पना उपाध्याय,बझाङ ।। बझाङ्ग जिल्लाको छबिसपाथिभेरा गाउपालिका वडा नं २ र ३ मा कांक्रे औशीको मेला आजबाट सुरुभएको छ ।हरेक बर्ष झै यो वर्ष पनी  मेला लाग्नेको भएको हो ।

यो मेला चौदशीको पहीलो दिन खानपीन गरिन्छ भने दास्रो दिनको औंशीमा जंगल गएर ३० देखी ३२ हातको काक्रर काटेर ल्याउने गरेको त्यहाका स्थानीय तथा सहकर्मि समीर कठायतले बताउनुभयो ।

अघिल्लो सालमा कोरोना भइरसका कारण  मेला खासै राम्रो नभएको र यो बर्षभने रामाइलो हुने आशा लिएको त्यहाका स्थानीयहरुले बताएका छन् ।अघिल्लो सालभन्दा यो सालमा बिदेशीएका दाजुभाइ धेरै मात्रामा यस मेलामा सहभागी हुन आएको छबिस २ का स्थानीय सुवास सीहं कठायतले बताए ।

जात्रालाइ हरेक बर्ष कांक्रेऔंशिको १२ दिन पछि बासी चैतली भनेर बुझ्ने गरिन्छ भने काक्रे औंशिको १३ औ दिन भने चैतली जात्रा लाग्ने र्गदछ ।उक्त मेलामा सहभागी हरुले डेउडा ,फाग ,मागल लगायतका गितहरु गाउँदै भलिबलको समेत आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार