बझाङका १२ वटै स्थानियतहमा आयोगले निर्वाचन अधिकृत खटायो ।

  कल्पना उपाध्याय  387 पटक हेरिएको

बझाङ ।आगामि वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङसहित देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो । जिल्लाका १० वटा गाँउपालिका र २ वटा नगरपालिकामा एउटा मुख्य निर्वाचन अधिकृत र ११ निर्वाचन अधिकृत तोकेको छ । आयोगले जयपृथ्वी नगरपालिकामा बझाङ जिल्ला अदालतका जिल्ला न्यायाधिश विष्णु प्रसाद अवस्थीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।

आयोगले तोके अनुसार बुङगल नगरपालिकामा सर्वोच्च अदालतका ईजलास अधिकृत मनोज बराल, साईपाल गाँउपालिकामा शिक्षा विकास तथा समन्वय ईकाई डोटीका उप सचिव दिपकराज कलौनी, केदारस्युँ गाँउपालिकामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायाधिवक्ता केशव प्रसाद गौतम, खप्तडछान्ना गाँउपालिकामा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय काठमाडौका उपसचिव विशाल सापकोटा, छविसपाथीभेरा गाँउपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उप सचिव ईश्वरी प्रसाद ज्ञावाली, तल्कोट गाँउपालिकामा संघिय मामीला तथा सामान्य मन्त्रालयका उप सभिव रामकृष्ण अधिकारी थलारामा संघिय मामीला तथा सामान्य मन्त्रालयका प्रमुख प्रसासकिय अधिकृत मंगल बहादुर शाही लाई खटाएको छ ।

यस्तै सर्वोच्च अदालतका उपरजिष्ट्रार यदुराम शर्मालाई दुर्गाथली गाँउपालिकामा, संघिय मामीला तथा सामान्य मन्त्रालयका उप सभिव नेत्र प्रसाद घिमिरेलाई मष्टा गाँउपालिकामा, परराष्ट्रमन्त्रालयका उपसचिव सागर प्रसाद फ्याललाई सुर्मा र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका उपसचिव हरि पंगेनीलाई वित्थडचिर गाँउपालिकामा निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार