बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु,,

  खप्तड समाचारदाता  387 पटक हेरिएको


बझाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।छबिस पाथिभेरा गाउँपालिका(७ बुडखोरीका मदन बोहराको बिहीबार रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

आफन्तका अनुसार बोहरा घर नजिकैको जंगलमा बाख्राको लागि घाँस काट्ने बेला रुखबाट खसेका थिए । एक्लै जंगल गएका उनी दिउँसो रुखबाट खसे पनि आफन्तले भने साँझ मात्र थाहा पाएको बताईएको छ । मृतक बोहराका एक छोराको पनि केही वर्षअघि जंगलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार