बाढी पिडितको भनाई “चुनावमा के मुख लिएर आउछँन”

  खप्तड समाचारदाता  528 पटक हेरिएको

बझाङ । बझाङका गाउँ गाउँमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढे संगै बाढी पिडित भने आक्रोशित बनेका छन् । जनतालाई दुख परेका बेला दलहरुले कुनै पनि चासो नदेखएको र निर्वाचनका बेला भने भोट माग्नका लागी घर घरमा आउने गरेको भन्दै बाढी पिडितहरुले गुनासो गरेका छन् ।
गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण जिल्लामा ठूलो जनधनको क्षती भएको थियो । बाढी पहिरोबाट पिडित भएका नागरिकका लागी सरकारी क्षेत्रबाट उदासिनता भएको भन्दै बाढी पहिरो पिडत स्थानीयहरुले गुनासो गरेका छन् ।

कमाई खाने जिउलाहरु बगरमा परिणत भएपछि खाद्य संकट झेलि रहेका स्थानीयहरुले सरकारी क्षेत्रबाट बाढी र पहिरो प्रभावितका लागी कुनै पनि राहतका कार्यक्रम, जिबिकोपार्जनका कार्यक्रमहरु नल्याएको भन्दै आक्रोस पोख्दै आएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका– १ खातीगाउका स्थानीय सुरेन्द्र खातीले भन्नुभयो“बाढी र पहिराका कारण घरबार बिहिन बनेका र खेती योग्य जमिन बगाएर लिएका परिबारजनहरुका लागी सरकारी क्षेत्रबाट कुनै पनि राहतका तथा क्षतीपुर्ती , जिबिकोपार्जन सुधारका कार्यक्रमहरु ल्याएनन् । अब चुनाव नजिक आउदै गर्दा कुन मुख लिएर हाम्रो बस्तीमा आउँछन हामी पनि हेर्छौ ।” यो आवाज खातीको मात्र होईन अधिकाशं बाढी पिडितहरुलाई सरकारी क्षेत्रबाट सहयोग नपाउँदा निरास मात्र भएका छैन् यो पटकको निर्वाचनमा भने आफ्ना समस्या प्रति गम्भीर हुनेलाई मात्र बाचा गरेर भोग हाल्ने बताई रहेकाछन् ।

केन्द्र सरकारले घर बगाएकाहरुको घर निर्माणका लागी पाँच लाख रुपयाँ दिई घर बनाउन थालिएको भएपनि कमाई खाने खेत बगाएर सुकुम्बासी भएकाहरुलाई भने कुनै सहयोग हुन सकेको छैन् । बिषेस गरि दलका जनप्रतिनिधीहरुबाट पटक पटक आश्वासन पाएका स्थानीयहरुले प्रदेश सरकार नै सबै भन्दा गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । मुख्य मन्त्री र सभामुखले हेलिकप्टमा आएर स्थलगत निरिक्षण गरेको भएपनि हाल सम्म प्रदेश सरकारबाट केही पनि नपाएको उहाँहरुको गुनासो छ । स्थानीय सरकारले अलि अलि समान्यरुपमा राहत दिएको भएपनि संघीय सरकार र प्रदेश सरकार भने पुर्णरुपमा गैरजिम्मेवार भएको भन्दै यस पटकको निर्वाचनमा बाढी पिडितलाई ब्यवास्ता गर्नेहरुलाई राम्रो संग चिनी राख्ने उहाँहरुको भनाई छ ।

जिल्लाको मष्टा गाउँपालिका हाल जयपृथ्बी नगरपालिका – ३ डुग्रीमा बसोबास गर्दै आउनुभएका स्थानीय शुरेस रोकायाले भन्नुभयो, “घर सहित खेतीयोग्य जमिन सबै बगाएर लियो , अहिले सम्म जिल्ला प्रशासनबाट २० हवार र नेपाल रेडक्रस सोसाईटीबाट १० हजार गरि ३० हजार मात्र राहत पाएको छु । स्थानीय तथा केन्द्र प्रदेश र स्थानीय सरकारबाट कुनै पनि राहत पाएका छैनौ । यस पटकको निर्वाचनमा बाढी पिडितहरुले एक जुट र एक आवाज गर्नु पर्छ ।” उहाँले आश्वासन मात्र पाएकाले हाल सम्म सरकारी क्षेत्रबाट बाढी पिडितहरुलाई उपेक्षा भएको समेत बताउनुभयो । यता खप्तड छान्ना गाउँपलिका अध्यक्ष बर्क रोकायाले गाउँपालिकाको स्रोत अनुसार बाढी पिडितहरुका लागी कार्यपालिकाबाट निर्णय गरेर सक्दो राहत दिन पहल भई रहेको बताउनुभयो ।

जिल्लाको सबै भन्दा बढी क्षेती भएको खप्तडछान्ना गाउँपालिकामा मात्र बाढी पहिरोमा परेर दुई जोडी दम्पतीसहित ६ जनाले ज्यानगुमाएका थिए भने ३ महिला सहित ९ घाइते थिए । त्यस्तै ७६ घर क्षतिग्रस्त भएका छन । गाउँपालिकाकाअनुसार २३ वटा पसल, ५ वटा कृषिफर्म, सयौंको संख्यामापाल्तु पशुपक्षी र १० वटा पशु बस्तु सहित घरगोठ बगाएका थिए । १० वटाभन्दा बढी गाउँका १सय ५३ भन्दा बढी घर जोखिममा परेका कारण ७ सयभन्दा बढी मानिसहरू विस्थापनमा परेका छन । १ हजार ७ सय रोपनीभन्दा बढी जग्गाबगाएको खप्तडछान्ना गाउँपालिकाका सूचनाअधिकारी ऐन रोकायाले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार