निर्वाचनको तयारीमा जुट्दै काग्रेस , सबै गाउँपालिकामा कार्यक्रममा गर्ने कार्यतालिका सार्बजनिक

  कल्पना उपाध्याय  359 पटक हेरिएको

बझाङ । नेपाली कांगेस बझाङ निर्वाचनको तयारीमा जुटेको छ । घर घर जाउ कांग्रेस जिताउ भन्ने अभियानका साथ नेपाली काग्रेस बझाङले जिल्लाका सबै पालिकामा कार्यक्रमको तयारीमा जुटेको हो ।
सनिबार जिल्ला कार्य समितीको बैठकबाट नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सबै पालिकामा कार्यक्रम गर्ने नेपाली काग्रेसका पाटी सभापती खडक बहादुर बोहराले बताउनुभयो ।  निर्वाचनलाई लक्षित गरि काग्रेसको संगठनलाई मजबुद बनाउनका लागी सबै पालिकामा कार्यक्रम आयोजना गर्न लागेको उहाँको भनाई छ ।

सनिबार बसेको जिल्ला कार्य समितीको बैठकले , चैत्र १ गते देखि चैत्र १६ गते सम्म कार्यक्रम गर्ने तालिका सर्बजनिक गरेको हो । चैत्र १ गते सुर्मा गाउँपालिकाको दौलिचौ , २ गते मष्टा गाउँपालिकाको भातेखोला , ४ गते छबिसपाथीभेरा गाउँपालिकाको बान्नीचौर , ५ गते दुर्गाथली गाउँपालिकाो चौधारी ,र ६ थलारा गाउँपालिकाको खोली गर्ने भएको छ । त्यसै गरि ७ गते केदारस्युँ गाउँपालिकाको देउरा, ८ गते बुंगल नगरपालिकाको बिजगडा ९, बित्थड चिर गाउँपालिकको देउलेख , ११ गते तल्कोट गाउँपालिकाको खौला र १३ गते साईपाल गाउँपालिकाको काडा र १६ गते खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार