बझाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले स्थानीय तहको निर्वाचनको गठबन्धन गर्ने नगर्ने बिषयमा नेपाली काग्रेसको केन्द्रिय कार्य समितीको निर्णय अनुसार हुने बताउनु भएको छ । शनिबार प्रेस युनियन बझाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले पार्टी भित्र गठबन्धन गर्ने नगर्ने भन्ने बारे दुई थरिका कुरा आईरहेकाले यस बिषयमा केन्दिय कार्य समितीले आधिकारीक निर्णय गरे अनुसार हुने बताउनुभएको हो ।
नेपाली कांगेसको “घर घर जाउँ , कांग्र्रेस जिताउ” अभियनका लागी प्रतिनिधी भएर आउनुभएका नेता लेखकले अहिलेको समयमा कुनै पनि पार्टीको बहुमतको सरकार आउने संकेत नदेखिएकाले दलिय गठबन्धन आबस्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा हामीले जुन रुपको प्रणाली अपन्याएका छौ , त्यो प्रणालीले स्वभाविकरुपमा गठबन्धनलाई आमन्त्रण गर्दछ । हामीले मिश्रीत प्रणाली अपन्याएका कारणले कुनै पनि पार्टीको संसदमा बहुमत नआउने सम्भावना रहेकाले गठबन्धनलाई निरन्तरता दिन लागी पनी कांग्रेस भित्र एक खालको कुरा उठि रहेको छ ।” उहाँले मिश्रीत निर्वाचन प्रणाली भएकै कारण कसैको बहुमत नआउने सम्भावना भएकाले चुनाव अगाडी वा पछाडी गठबन्धन गर्नुपर्ने बाध्यता समेत रहेकाले निर्वाचन अगाडी नै गठबन्धन गर्नुपर्ने समेत बताउनुभयो । नेता लेखकले पाटी सभापती शेरबहादुर देउवा समेत गठबन्धनको पक्षमा रहेको बताउदै अहिलेको बर्तमान अबस्थामा गठबन्धन आबस्यक रहेको संकेत गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको बिषयमा पार्टीमा गठबन्धन गर्नु पर्ने र गठबन्धन नगर्ने दुई थरिका कुरा आएकाले पार्टीको केन्द्रिय कार्य समितीको बैठकले निर्णय गरे अनुसार हुने समेत स्पष्ट पार्नुभयो । नेता लेखकले एमसि सि का बारेमा जनतालाई भ्रमित पारेको आरोप लगाउदै “घर घर जाउँ कांग्रेस जिताउ ”अभियान मार्फत समेत सबै जनताका बिचमा यसको यथार्थताको बारेमा जनतालाई प्रष्टसंग राख्ने उदेश्य समेत रहेको बताउनुभयो । उहाँले एमसिसि बिकास योजना भएकाले सरकारले एमसिसि जस्तै अरु पनि बिकास सम्झौता गरेकाले जनतालाई भ्रममा नपर्न आग्रह समेत गर्नुभयो । एमसिसि सम्झौतामा अहिले जिबित रहेका सबै प्रधानमन्त्रीहरुको संलग्न हुनुहुन्छ ,नेता लेखकले हाल सम्मका प्रधानमन्त्रीहरुले एमसिसि चाहिन्छ भन्ने निर्णय गरेकाले अहिले आएर कांग्रेसको नेतृत्वको सरकारले एमसिसि पास गरेकाले कांग्रेसलाई बदनाम गर्न भ्रम फैलाएको आरोप समेत लगाउनुभयो । एमसिसिका बारेमा भएको भ्रमका बारेमा आम जनताका बिचमा लिएर बहस गर्न आबस्यक रहेको समेत उहाँले बताउनुभयो । नेता लेखकले स्थानीय तहको निर्वाचनमा यो गुट त्योग नभनिकन स्थानीय स्तरमा जनाधार बलियो भएको योग्य मान्छेलाईलाई पाटीले टिकट दिने समेत बताउनुभयो । उहाँले सबै कार्यक्रर्तालाई निर्वाचनमा होमिन समेत आग्रह गर्दै कांग्रेस जिताउने अभियानमा सरिक हुन अनुरोध समेत गर्नुभएको छ ।


539 पटक हेरिएको 









