छाउपडि प्रथा न्युनिकरणका लागी चेतनामुलक महोत्सब

गायिका जोशीले गाउँदा सबैका आँखा रसाए

  खप्तड समाचारदाता  513 पटक हेरिएको

बझाङ । “झिक्क घाउँ बल्झन्छ धेक्या चोट लाग्याका चोटमा, जन राख्या छाउँपडिलाई घर बाहिर गोठमा” सुक्रबार थलारा गाउँपालिका –३ देवलबाझको भगवती आधारभुल बिद्यालयको प्राङ्गडमा आयोजना भएको मर्यादित महिनावारी ब्यवस्थापनका लागी जनचेतना मुलक साँस्कृतिक महोत्सवमा सदूरपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशीले ठाडी भाका मार्फत देउडा गित गाउदाँ सबैका आँखा रसाए । दर्शकहरुले खचाखच भरिभराउ भएको भगवती आधारभुत बिद्यालयको प्राङ्गडमा उपस्थित स्थानीयहरुका बिचमा गायिका जोशीले गित मार्फत मात्र होईन सुदूरका दुरदराजमा महिनावारी (छाउँ) भएका बेला गरिने बिभेदलाई मसिनो ढंड्डले बिश्लेषण गर्दै देउडा गितलाई ठाडी भाका मार्फत गाए पछि सो कार्यक्रममा उपस्थित सबैका आँखा मात्र रसाए । गायिका जोशीले महिनावारी हुँदा महिला माथी हुने बिभेदलाई न्युनिकरण गर्नका लागी सबैको सकरात्मक भुमिका हुनु पर्नेमा जोड दिनुभयो । देउडा गितका माध्यामबाट छाउँपडि प्रथा अभिसाप नभई यो प्राकृतिक कुरा भएकाले यसको न्युनिकरण गर्नका साथै मर्यादित तरिकाले ब्यवस्थापन गर्नका लागी सरसफाईमा बढी जोड दिनु पर्ने सन्देश प्रवाह गर्नु भएको थियो । मर्यादित महिनावारी ब्यवस्थापनको सद्भावना राजदुतका रुपमा नियुक्त समेत गरिएकी गायिका जोशीले सदूरपश्चि प्रदेशमा महिनाहरु पछाडी पर्नुको कारण भनेको यस्ता बिभेदहरु कायमै रहेकाले पनि यसको अनिबार्य न्युनिकरण हुनुपर्नेमा सबैले लाग्नु पर्नेमा जोड दिनुभयो ।
चेतनामुलक महोत्सबमा बोल्ने अधिकाशं बक्ताहरुले सुदूरपश्चिम प्रदेशमा कुरितीका रुपमा रहेको छाउँपडि प्रथाका कारण महिला माथी हिसां हुने भएकाले यसको न्युनिकरण गर्न सबै जिम्मेवार हुने पर्ने बताएका थिए । थलारा र छाबिसपाथीभेरा गाउँपालिका ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाले आयोजना गरेको जनचेतनामुलक साँस्कृतिक महोत्सव बिहिबार र सुक्रबार जिल्लाको छबिसपाथीभेरा गाउँपालिकाको बान्नीचौर र थलारा गाउँपालिकाको देवलबाझमा संचालन भएको थियो । छबिसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले छाउँपडि प्रथालाई अन्त्य गर्नका लागी मर्यादित महिनाबारी ब्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले लिएको दिगो बिकासको लक्ष्य र स्थानीय सरकारले लिएको निती अनुसार यस्ताखाल सबै बिभेदको अन्त्य गर्नका अभियनकै रुपमा लागेको समेत बताउनुभयो । “सबैले आ –आफ्नो मनै देखि रुपान्तरण भएर ब्यवस्थीत तरिकाले सरसफाईमा जोड दिनुपर्छ , उहाँले भन्नुभयो यो सरकारको मात्र दाहित्व नभएर सबैको कर्तब्य समेत हो ।” बझाङ जिल्लाका दुर्गम गाउँहरुमा अझै पनि छाउँपडि प्रथा हट्न सकेको छैन् । जिल्लाका अधिकाशं दुर्गम गाउँहरुमा अझै पनि महिनावारी भएका बेला घर भन्दा बाहिर गोठ (छाउँकुल्ला) मा राख्ने चलन अझै कायमै छ । छाउँपडी प्रथा न्युनिकरणका लागी सरकारी तथा गैरसरकारी क्षेत्रबाट बिभिन्न चेतनामुलक कार्यक्रमहरु संचालन गरिएका भएपनि अझै पनि पुर्णरुपमा न्युनिकरण हुन सकेको छैन् । ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाका सल्लाहकार बिस्णु पोखरेलले भन्नुभयो, छाउँ पडि प्रथाका कारण महिला माथी ठूलो बिभेद हुने भएकाले यसलाई ब्यवस्थापन गर्नका लागी अभियान कै रुपमा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यक्षेत्र भएका ठाउँहरुमा बिभिन्न ठाउँहरुमा सचेतनामुलक कार्यक्रम, कार्यशाला गोष्ठीहरु , बिभिन्न तालिमहरुका साथै सेनेटरी प्याड ब्यवस्थापन , खानेपानीको उपलब्धता , विबिकोपार्जन सुधार लगायत पुर्ण सरसफाईका क्षेत्रमा महत्वपुर्ण काम गरेको समेत बताउनुभयो । उहाँले स्थानीयहरुमा भित्री मनै देखि यसको न्युनीकरण गर्नु पर्छ भनेर नलाग्दा सम्म यस्ता अभियानहरु सफल नहुने धारणा समेत राख्नुभयो । महोत्सवमा बिभिन्न बिद्यालयहरुले सचेतना मुलक नृत्य र स्थानीय कलाकारहरुले छाउपडि प्रथालाई ब्यवस्थीत गर्दै सभ्य समाज निर्माण गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार