बझाङ । गएको कात्तिक १ गते देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण बाढी र पहिरोले बगाएको सिचाई कुलो मर्मत नभएपछि किसानहरुलाई सिचाई गर्न समस्या भएको छ । यहाँको सुर्मा गाउँपालिका २ डोगडीमा रहेको डोगडी सिचाई कुलो बगाएर लिएको चार महिना बित्न लाग्दा समेत सिचाई कुलो मर्मत नभएपछि सिचाई गर्न समस्या भएको हो ।
डोगडी सिचाई कुलोको माथी पट्टीबाट पहिरो र तल पट्टीबाट बाहुली गाडले कटान गरे पछि सो सिचाई कुलो भत्केको थियो । सिचाई कुलो मर्मतका लागी स्थानीयबासीहरुले पटक पटक प्रदेश सरकार र संघीय सरकार संग माग गरेको भएपनि कुनै पनि निकायबाट सुनुवाई नभएपछि स्थानीयबासीको झण्डै ६५० रोपनी खेतीयोग्य जमिन बाँझो हुने अबस्थामा पुगेको छ ।
नेपाली कांग्रेस बझाङका पाटी सभापती समेत रहेका सुर्मा गाउँपालिका – २ का स्थानीय खड्क बोहराले भन्नुमयो , “सो सिचाई कुलो मर्मतका लागी एक करोड भन्दा बढी रकम आबस्यक पर्ने भएकाले गाउँपालिकाले समेत भ्याउन नसकेकाले प्रदेश र संघीय सरकार संग माग गरेका थियौ । कुनै पनि निकायबाट आश्वासन सम्म समेत पाएका छैनौ ।”
सुर्मा गाउँपालिकाको सबै भन्दा बढी भु –भाग सिञ्चित गर्ने सो सिचाई कुलो लाग्ने यस क्षेत्रका झण्डै ७०० परिबारको खेती योग्य जमिन छ । आकाशे पानीको भरमा गँहु बाली लगाएका किसानहरुलाई अब सिचाई कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । धान बालीका लागी समेत बिउँ राख्ने सिजन समेत आएकाले सिचाई गर्न पानी नभएका कारण यस बर्षको धान बाली लगाउने समयमा पुरै जिउलो बाँझो रहने अबस्था आएको स्थानीयको भनाई छ । सिचाई कुलोका कारण नजिकै रहेको आधाबगर माद्यामिक बिद्यालयको भवन समेत बगाएर लिएको थियो । बिद्यालयको भवनको किनारा हुँदै लिएको सिचाई कुलोका तल पट्टीबाट खोलाले कटान गरेकाले पहिरो गएको थियो । सिचाई कुलोका कारण बिद्यालय भवन समेत जोखिममा रहेको स्थानीय पारस बोहराले बताउनुभयो । “बिद्यालयको चौरको आधा भाग चर्केको छ , बोहराले भन्नुभयो , सो सिचाई कुलोको दिर्घकालिन ब्यवस्था नगर्दा बिद्यालयका अरु भवनहरु समेत पहिरोले लिने अबस्था छ ।” सिचाई कुलोको ठाउँ ठाउँमा ठूला ठूला पहिरा गएका छन् भने पुरै सिचाई नहर समेत छेद बिच्छेद भएको छ । यस साथै डोगडी गाउँको परि पट्टी रहेको काउली खोला सिचाई कुलो समेत बाढीले छेद बिच्छेद बनाएको छ ।


724 पटक हेरिएको 









