बझाङ । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ । बिहीवारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावर लगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीवारदेखि बाटो बन्द थियो ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायत बैतडी र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


386 पटक हेरिएको 









