
बझाङ । बिहिबार दिउसो देखी सामान्य वर्षा स“गै हिमपात भएको छ । हिमपातका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ ।
हिमपात काकारण जिल्लामा बिद्युत सेवा , टेलिफोन सेवा र यातायात सेवा समेत अबरुद्ध बनेको छ । चिसो बढे संगै जिल्लाको उच्च लेकाली भेगमा समेत बाक्लो हिउ परिरहेको छ । जिल्लामाहिमपात भएपछि जिल्ला जोड्ने एक मात्र जयपृथ्बी राजमार्ग लगायत जिल्लाका सबै ग्रामिण सडकहरु समेत अबरुद्ध बनेका छन् ।
बैतडी जिल्लाको श्रीभावर, ढोल्याको मोड, खोडपे र बझाङ जिल्लाको बित्थड क्षेत्रमा बाक्लो हिमपातका कारण यात्रुहरु समेत अलपत्र परेका छन् । मौसममा सुधार नआएको र हिउ पर्न नरोकिएका कारण स्थानीयलाई निकै समस्या परेको छ ।

हिमपात संगै बर्षा समेत नरोकिए पछि बझाङ जिल्लामा चिसो बढ्नुका साथै बिद्युत सेवा ठप्प छ ।जयपृथ्बी राजमार्ग हँुद ैल्याएको राष्ट्रिय प्रसारण लाईन समेत हिपातकाकारण अबरुद्ध भएको छ । बिद्युत सेवा बन्द भए पछि जिल्लाको जनजिवन थप कष्टकर बनेको छ । सामान्य रुपमामोवाइलमाचार्ज गर्न , बत्ती बाल्नका साथै अन्य कामगर्न निकै असहज भएको छ ।


373 पटक हेरिएको 









