समीर कठायत बझाङ । बझाङको बुँगल नगरपालिका–४ को रम्तेली गाँउ नजिकै चितुवा मृत अवस्थामा फेला परेको छ । गाउँ नजिकै फेला परेको चितुवालाई सिकारीहरुले मारेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ ।
उच्च हिमाली भेगमा बाक्लो हिमपात हुँदा वन्यजन्तु आहाराको खोजिमा बँेसितिर झर्ने गर्दछन् । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सिकारीले वन्यजन्तुलाई मारेको भए बन नियमावली २०५१ अनुसार कारबाही गरिने डिभिजन बन कार्यलय बझाङका प्रमुख खातीले बताउनु भयो ।

1162 पटक हेरिएको 