बझाङ। बझाङको सुनकुडा क्याम्पसमा अवैधानिक तरिकाले क्याम्पस प्रमुख नियुक्तिको भन्दै स्थानीयले बिरोध गरेका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
क्याम्पसको बिभिन्न बिषयमा छलफल गर्ने भन्दै पुस २५ गते बैठक बसेको भएपनि बैठक भने अर्को सुचना नभए सम्मका लागी स्थगित गरिएको थियो । क्याम्पस संचालक समितीका अध्यक्ष अधिकारीले नयाँ रजिस्टर किनेर क्याम्पसको हाता भन्दा बाहिर बैठक बोलाएर अबैधानिक तरिकाले क्याम्पस प्रमुख हटाए पछि बिवाद भएको छ । क्याम्पसको बिधान अनुसार क्याम्पस संचालक समितीको समायाबधी समाप्त भएको बुझिएको छ । साधारण सभा बोलाएर क्याम्पस संचालक समिती गठन गर्नु पर्ने भएपनि साधारण सभा बोलाउनु अघि क्याम्पसमा दुई जना कर्मचारी नियुक्ती गर्नका लागी अध्यक्ष अधिकारीले दवाप दिदै आएको भएपनि क्याम्पसको आर्थिक ब्ययभारले धान्न नसक्ने भन्दै क्याम्पस प्रमुख ईन्द्र बिष्टले ईन्कार गरे पछि बिवाद बढ्दै गएको थियो ।
क्याम्पस प्रमुख विष्टले विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्र बहादुर ढाँटलाई छलकपटबाट नियुक्त गरेको आरोप लगाएका छन् । गएको पुष २५ गते सो क्याम्पसमा क्याम्पस सञ्चालक समितिको बोलाइएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको विज्ञप्ति मार्फत जनाइएको छ । तर रातीको समयमा अध्यक्ष अधिकारीले क्याम्पसको छाप र लेटरप्याड समेत चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जनाइएको छ । क्याम्पसका उप प्राध्यापक समेत रहेका ढाँटको ओरिजिनल सर्टिफिकेट नभएको र फोटोकपीले नै काम चलाइरहेको बारेमा पनि छानबिन गर्न बिष्टले माग गरेका छन् । बित्थड चिर गाउँपालिकाका स्थानीय चक्र अधिकारीले संचालक समितीका अध्यक्षले पुर्वाग्रही ढंगले आफ्नो स्वार्थ पुरा नभएपछि क्याम्पस प्रमुखलाई हटाएको आरोप लगाउनुभयो । उहाँले संचालक समिती नै गैरकानुनी भएकाले यसरी एकलौटी ढंगले हटाउनु गलत भएको बताउनुभयो ।

पटक पटक त्रिभुवन बिश्व बिद्यालयबाट संचालक समितीका लागी आबस्यक प्रकृया पुरयाएर गठन गर्नका लागी पत्राचार गरिएको बताइएको छ । यसरी पटक पटक पत्र आइसक्दा पनि नयाँ समिति गठनका लागी साधारण सभा नबोलाई अवैधानिक ढंगबाट अधिकारीले अध्यक्षको कार्यभार सम्हाल्दै आएको क्पाम्पस प्रमुख बिष्टको आरोप छ । उहाँले अधिकारीले आफ्नो श्रीमतीलाई क्याम्पसको प्रशासकीय सहायक राख्न माग गरेको भएपनि आफुले स्वीकार नगरेकाले आफुलाई हटाउनका लागेको आरोप लगाउनुभयो । यता क्याम्पस संचालन समितीका अध्यक्ष रमेश अधिकारीले आफुले बिधि बिधानमा रहेर काम गरेको बताउनुभयो । उहाँले क्याम्पसको बिधान अनुसार दुई कार्यकाल क्याम्पस प्रमुख हुने ब्यवस्था भएकाले १५ बर्ष सम्म क्याम्पस प्रमुखको जिम्मेबारीमा रहेका बिष्टलाई संचालक समितीको निर्णय अनुसार हटाएको बताउनुभयो । यस अघी पनि अधिकारी सुनकुडा माबिको ब्यवस्थापन समितीको अध्यक्ष हुँदा आर्थिक हिनामिना गरेको भन्दै बिवादमा आएका थिए ।


367 पटक हेरिएको 








