घरेलु तथा साना उधोग कार्यालय बझाङद्धारा चैनपुर बजार अनुगमन

२ लाख २ हजार बराबरको म्याद नाघेका सामाग्री बरामद

  सुनिल मण्डेल  1127 पटक हेरिएको

बझाङ । घरेलु कार्यालय बझाङले चैनपुर बजार अनुगमन गरेको छ । घरेलु तथा साना उधोग कार्यालय बझाङका कार्यालय प्रमुख खडक बहादुर बोहराको नेतृत्वमा आज चैनपुर बजार अनुगमन गरेको हो । उक्त अनुगमन टोलीले जिल्लामा बिक्रि बितराण भईरहेका म्याद नाघेका सामाग्रीहरु बरामद गरेको बताईएको छ ।
अनुगमनको क्रममा मदिराको होलसेल बिक्रेता हाम्रो ट्रेडर्स सेन्टर, न्यु मल्ल स्टोर र चन्द्र धनुष सप्लायर्स बाट झन्डै  २ लाख २ हजार बराबरको म्याद नाघेको खाद्यान्न र मदिरा बरामद गरीएको हो । यस्तै व्यापारीहरुलाई म्याद नाघेका सामानहरु बिक्री बितरण नगर्न र सामान खरिद बिक्री गर्दा एक्सपाएर डेट चेक गरेर मात्र खरिद बिक्री गर्न अनुरोध समेत गरीएको छ ।
अनुगमनमा घरेलु कार्यालय बझाङका नायब सुब्बा कृष्ण बहादुर नेपाली, कम्प्युटर अपरेटर महेश बिष्ट, उद्ययम बिकास सहजकर्ता दशरथ बहादुर जप्रेल, सहायक कम्प्युटर अपरेटर हरिश कुमार बम्म, जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा बल बहादुर महतारा, चैनपुर वडा प्रहरीका असई प्रासनी हरिश कुमार पन्त, नगरपालिका प्रतिनिधि रमेश खड्का,उधोग वाणिज्य सघं बझाङका प्रतिनिधि ज्ञानेन्द्र सिंह लगायतको टोलि खटीएको घरेलु कार्यालयका कम्प्युटर अपरेटर महेश बिष्टले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार