कल्पना उपाध्याय बझाङ । सुदूरपश्चिम प्रदेशमा मनाइने साँस्कृतिक ‘भुवा’ पर्व आजबाट सुरु भएको छ । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन् । दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन् ।
द्वापरयुगदेखि महाभारत युद्धपश्चात असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा पाँच पाण्डवले यो पर्व चलाएको मानिन्छ यो पर्व खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने गरिन्छ । ढाल, तरबार समातेर बाजाको चाल अनुसार चाल मिलाउँदै खेलिने यो मौलिक पर्व पुष महिनाको औँसीदेखि पूर्णिमासम्म वा माघ मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ ।
पर्वको अवसरमा सुदूरपश्चिमका बिभिन्न ठाउँमा औपचारीक कार्यक्रम पनि आयोजना गरिएका छन । भुवा पर्वको अवसरमा आइतबार बझाङ, बाजुरा र अछाममा आइतबार सार्वजनिक बिदा दिएको छ ।


868 पटक हेरिएको 









