बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेटवर्क नहुँदा समस्या

जरुरी काममा पनि सञ्चार बिहिन हुनुपरेको स्थानियको भनाई

  खप्तड संवाददाता  585 पटक हेरिएको

कल्पना उपाध्याय बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-७ का विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्क नहुँदा स्थानीय समस्यामा परेका छन् ।

बिहान बेलुका टेलिकमको नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का दमन धामिले बताए । उनले भने “सञ्चार माध्यमको बिषयमा धेरै कुरा नगरौं, सामान्य फोन गर्नका लागि पनि २ घण्टाको पैदल यात्रापछि बल्ल मोबाईलमा नेपाल टेलिकमको नेटवर्क भेटिन्छ” । यसले गर्दा जरुरी कामका लागि समेत सञ्चार विहिन हुनु परेको छ । नजिकैको लेकगाउँमा नेपाल टेलिकमको फोर जि टावर छ, हाम्रो गाउँघरमा सामान्य फोन गर्न समेत भ्याउँदैन उनले थपे”।

कुनैपनी बिपद आपत आईलाग्दा,समस्या उत्पन्न हुँदा गुहार कसलाई र कसरी भन्ने ? मजखोरिका शिरिस मण्डेलको भनाई छ । गाउँपालिकाका अन्य ठाउँमा फोर जि नेटवर्कले काम गरेपनी मजखोरी, नौरा, घट्टे बुडखोरी र खोरी गाउँका बासिन्दा नेटवर्क नहुँदा अझै मर्कामा परेका छन् । दिउँसो घाम लागेको बेला मात्रै नेटवर्कले काम गर्ने गरेको र साँझपख ‘नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको धेरै भईसकेको छ । अहिले सम्म नेटवर्क सुधार गरिएको छैन् अर्का स्थानीय सुबास मण्डेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार