कल्पना उपाध्याय बझाङ । बझाङबाट धनगढी जाँदै गरेको जिपबाट प्रहरीले १६ किलो चरेश बरामद गरेको छ ।
सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा उक्त मात्रामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


781 पटक हेरिएको 









