पवन बोहरा बझाङ । बझाङको चिरासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका–६ स्थित मड तल्ला भँताडामा रहेको चिराशैन भगवती मन्दिरमा आइतबार पुजा आराधना गरी जात्रा सम्पन्न भएको हो ।
मन्दिरमा हरेक वर्ष मार्ग शुक्ल चर्तुदशिका दिन देखी शुक्ल पुर्णिमा सम्म चिरासैनि जात्रा रतेडि र दिउसेडि गरी २ दिन सम्म लाग्ने गर्दछ ।
जात्रामा चिरासैन भगवतीको उत्पतिसंग जोडिएको ८ वटा राँगाको बली दिइएको छ भने भव्यरुपले कृतन भजन, र कलाकार मुरलीधर अवस्तिको सांगीतिक टोलीमा देउडा खेल पनि खेलिएको छ ।
यो मन्दिरमा पुजापाठ धुपदिप गर्नेको भने भिड लाग्ने गर्दछ । चिरासैनि भगवती मन्दिरमा पूर्णिमका दिन विशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।
आइतबार चिरासैनि भगवती मन्दीरमा लागेको जात्राका दर्शनार्थीहरुको भने निकै घुइचो लागेको थियो ।


715 पटक हेरिएको 









