बझाङ : बझाङमा झुन्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका – ३ बावनडाँडाका २० बर्षिया मनोज सार्की झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी शनिबार राती आफ्नै घर नजिक रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका आफन्तले बताएका छन् ।
उनले के कति कारणले आत्माहत्या गरे भन्ने एकिन भने हुन नसकेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


1277 पटक हेरिएको 









