बझाङ । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका -५ का १२ वर्षीय बिरे कुँवर रहेका छन् । उनको राष्ट्रिय प्रसारण लाइनको पोलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका बालक कुँवरको केदारस्युँ गाउँपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


525 पटक हेरिएको 








