
बझाङ । बाढी पहिरो आई सडक अबरुद्ध भएको झण्डै तिन साता पछि जपयृथ्बी राजमार्गको जालेबगरमा सडक खोल्ने कामको सुरुवात भएको छ । बाढी पहिरोका कारण अबरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थाले पछि बैपल्पिक बाटो खोल्न सुरु गरिएको हो ।
राजमार्ग आन्र्तरगत केदारस्युँ गाउँपालिकाको नारुगौडामा बैपल्पिक बाटो खोली माल बाहक ट्रकहरु र यात्रुबाहक बस बाहेकका साना यातायातका साधनहरु वारपार गर्न सक्ने बनाएको भएपनि पुर्णरुपमा भने निर्माण गरिएको छैन् । सडक भएको ठाउँमा सेती बग्न थाले पछि सेती नदीलाई डाईभर्ट गरेर अस्थाई रुपमा बैकल्पिक सडक बनाउनका लागी जालेबगरमा काम सुरु भएको छ । जालोबगरको पारि पट्टी थलारा ९ आमबगरको बस्ती भएकाले सेतीलाई डाईभर्ट गर्दा आमबगरको बस्ती जोखिम हुने भन्दै स्थानीयले अबरोध समेत गर्ने बताउँदै आएका थिए । आमबगरबासीलाई बस्ती जोगाउनका लागी तटबन्धनको योजना हालि दिने अश्वासन पछि काम सुरु भएको प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले बताउनुभयो उहाँले भन्नुभयो , सडक खोल्नका लागी सम्बन्धीत ठाउँमा दुई वटा डोजर काममा लागी सकेकाले काम चाडो हुन्छ ।
जिल्लामा हवाई सेवा समेत नियमित र सर्बसुलभ नभएपछि यहाँका नागरिकहरु लागी सार्बजनिक यातायातका लागी समेत अनाबस्यक झंञ्जट बेहोर्नु परेको छ । बाढी पहिरो भएको तिन साता सम्म पनि सडक खुलाउन प्रयास नगरेको भन्दै स्थानीय आक्रोसित थिए । सडक सुचारु हुन नसक्दा दैनिक उपभोग्य बस्तुको बजारमा अभाब हुन थालेको छ भने ठूला बिकास निर्माणका काम समेत प्रभावित बनेको छ । बजारमा महंगी बढेर आकाशिय छ भने ब्यापारीले समेत कृतिम अभाब सिर्जना गरेको स्थानीयको आरोप छ ।


372 पटक हेरिएको 









