
बझाङ । नेपाल सरकारका गृहमन्त्री तथा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढी पहिरोबाट ठूलो जनधनको क्षती भएको बझाङ लगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनु भएको छ । बाढी पहिरोका कारण भएको क्षतीको निरिक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिका आउनु भएका मन्त्री खाणले बाढी पहिरोका कारण बझाङ लगायत अधिकाशं जिल्लाहरुमा ठूलो जनधनको क्षती भएकाले यी जिल्लाहरु तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरि पूर्वाधार निर्माणमा जोड दिने बताउनु भएको हो ।
हेलिकप्टर मार्फत बझाङ आउनु भएका मन्त्री खाणले खप्तड छान्नाको ऐचेली बगर र थलारा गाउँपालिका ४ डिख्लामा बाढी पहिरोबाट प्रभावित स्थानीय नागरिकहरु संगको भेटमा बझाङ जिल्लामा आफु आई पुग्दा निकै स्तब्ध भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री बिदेशबाट फर्कि सकेपछि मन्त्री परिषदको निर्णयबाट बझाङ जिल्ला लगायत बैतडी र डडेल्धुरा जिल्लालाई बिपदग्रस्त क्षेत्र घोषण गर्ने पहल गर्ने बताउनुभयो । उहाँले प्रभावित परिवारलाई तत्काल राहत लिन प्रकृया पुर्याएर प्रमुख जिल्ला अधिकारी मार्फत राहत लिन समेत आग्रह गर्नुभयो । उहाँले बाढी पहिरो पिडित नागरिकहरुलाई तत्काल सरकारले राहतका कार्यक्रम ल्याउन कुनै पनि कसर बाँकी नराख्ने बताउदै सरकार नागरिक संगै रहेकाले सबैलाई घर्य भएर बस्न आग्रह समेत गर्नुभयो । उहाँले मृतक परिबारका साथै घर समेत पहिरो तथा बाढीबाट नष्ट भएका परिबारका लागी तत्कालै सरकारले प्रति परिवार ५० हजार रुपयाँ दिने निर्णय समेत गरि सकेकाले सो रकम लिनका लागी स्थानीयलाई आग्रह गर्नुभयो ।

पुर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजड्ढ बहादुर सिंहले बाढीका पहिरोका कारण ठूलो जनधनको क्षती हुनका साथै यहाँ नागरिकहरु सुकुम्बासी हुने अबस्था सिर्जना भएकाले तत्काल सरकारले उचित राहतको ब्यवस्था गरि बस्तीलाई नै स्थानान्तरण गर्नु पहल गर्न गृहमन्त्री खाणलाई आग्रह गर्नुभयो । त्यस्तै प्रतिनिधी सभा सदस्य तथा नेपाली काग्रेसका युवा नेता प्रकाश रसाईलीले यस्तो बिपदको धडीमा यहाँका नागरिकहरुले भोग्नु परेको समस्याका बारेमा सरकार गम्भीर हुनुपर्ने बताउदै सरकारले यो जिल्लालाई संकटग्रस्त जिल्ला घोपाणा गरि प्रयाप्त मात्रमा बजेट बिनियोजन गरि यहाँका नागरिकहरुको समस्या प्रति गम्भीर हुन समेत गृहमन्त्री खाणलाई आग्रह गर्नुभयो । कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतीको बारेमा जानकारी गराउनु भएको थियो भने प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले जिल्लामा भएको क्षतीका बारेमा जानकारी समेत गराउनु भएको थियो ।

असोज ३१ गते देखि कात्तिक ३ गते सम्म भएको बाढी पहिरोबाट जिल्लामा १२ जनाको मृत्यू भएको थियो भने १९ जना बेपत्ता भएका थिए । बाढी पहिरोबाट हजारौ हेक्टर जमिन बगरमा परिणत हुनका साथै झण्डै एक सय भन्दा बढी परिबार बिस्तापित भएका छन् ।


1102 पटक हेरिएको 









