बझाङ : नेपाली काङ्ग्रेसको ८ औं जिल्ला अधिवेशनको निर्वाचन सकिएर घर फर्किंदै गर्दा वडा सभापति चढेको गाडीमाथि आक्रमण भएको बताइएको छ । बिहिवार निर्वाचन सकिएर सदरमुकाम चैनपुर बाट घर फर्कने क्रममा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालय नजिक व्याँसि बजारमा स्थानीय युवाहरुले छबीस पाथिभेरा गाउँपालिका- ७ का वडा सभापति बिर्ख धामी माथी हातपात गरेकाे उनले बताएका छन् ।
सभापतिमाथि हातपात गर्ने छबिस पाथिभेरा गाउँपालिका-५ थलाराका स्थानीय झलक बोहरा,सुन्दर धामि (हिर्दय), र सुमन धामी रहेकाे बताइएको छ । उनिहरुले मदिरा सेवन गरि आफू चढेको गाडी माथि आक्रमण गरेको र आफुमाथी हातपातको प्रयास गरेको सभापति बिर्ख धामिले बताए ।
यस्तै जिप चालक सुरज जाग्रीमाथी पनि विभिन्न खालका अपशब्द प्रयोग गरि हातपातको प्रयास गरेको उनलेे बताए । जाग्रिले भने “मलाई विभिन्न खाले अपशब्द प्रयोग गरि हातपात गर्न खोज्यो, गाडी माथी नेपाली काङ्ग्रेसको झण्डा किन राखिस् जस्ता शब्दहरु प्रहार गरेका छन् ।”
स्थानीय युवाहरूद्वारा आफुमाथी भएको अमानवीय व्यवहार र आक्रमणप्रती आपत्ति जनाउँदै सभापति धामिले दोषीमाथि कडा कानुनी कार्बाहिको माग गरेका छन् ।


1731 पटक हेरिएको 









