सुनिल मण्डेल बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ स्थित मजखोरी माध्यमिक बिद्यालयमा अध्यापन गराईरहेका निजी स्रोतका शिक्षकले हालसम्म तलब भत्ता पाउन सकेका छैनन् ।
मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले शैक्षिक सत्र २०७७ देखिको हालसम्म तलब पाउन नसकेका हुन् । विद्यालयले आफ्नो बर्षौंभरिको तलब भत्ता नदिंदा घरायसी खर्च चलाउन मुस्किल भएको शिक्षकहरुको गुनासो छ ।
आफुले पटकपटक बिद्यालय प्रशासनलाई जानकारी गराउँदा अनेकौं प्रकारका आश्वासन दिने गरेको तर कार्यान्वयन भने नगर्ने “मजखोरी माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक नरेश मण्डेलले बताए ।
मजखोरी माध्यमिक बिद्यालय व्यवस्थापन समितिले विद्यालयको सामाजिक लेखा परिक्षण, भौतिक व्यवस्थापन र शैक्षिक व्यवस्थापनमा कहिलै पनि ध्यान नदिएको उनीहरुको भनाई छ ।
यता प्रधानाध्यापक जनक बोहराले “बिधालयमा आयस्रोत नहुँदा र स्थानीय सरकारले सहयोग नगर्दा निजि शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको बताएका छन् ।


797 पटक हेरिएको 









