बझाङ । समाज सेवाका क्षेत्रमा सक्रिय नेपाली काङ्ग्रेस छबिस पाथिभेरा गाउँपालिका -७ का वडा सभापतिले मजखोरी आधारभुत स्वास्थ्य ईकाई केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशन तथा आठौं वडा अधिबेशनमा सर्वसम्मत रुपमा वडा सभापतिमा चयन भएको एक महिना नबित्दै वडा सभापति बिर्ख बहादुर धामिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
उनले मजखोरी स्वास्थ्य ईकाई केन्द्रमा सोमबार एक कार्यक्रमका बिच दमका बिरामीलाई डिजिटल मेसिन र अन्य स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अनमि चन्द्रा कुमारी राई मण्डेलको हातमा हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य ईकाई केन्द्रमा उपयुक्त स्वास्थ्य सामाग्री नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । वडा सभापतिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछी ठुलो बिरामको चपेटामा परेर छट्पटी रहेका स्थानीय बासीन्दा हर्षित भएका छन् ।
यो विषम परिस्थितिमा सामान्य तथा जटिल बिरामीको दुख: पिडा र मर्मलाई मध्यनजर गर्दै स्वास्थ्य ईकाई केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको र आगामी दिनहरुमा पनि यस्तै काम गरिरहने उनले बताए ।


604 पटक हेरिएको 









