बझाङ । बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरुको फेरि भाडा वृद्धि गरेको छ । यातायात ब्यवसायिहरुले भाडा कम भएको गुनासो गरेपछी जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्ब पक्षिय बैठकले भाडा वृद्धि गरेको हो ।
बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रती किलो मिटर ७ रुपैया २५ पैसा र कच्ची तथा ग्रामिण सडकहरुमा प्रती किलो मिटर १२ रुपैयाँ निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले ३ दिन भित्र सबै यातायातका साधनहरुमा अनिवार्य भाडाको लिस्ट यात्रुहरुले देख्ने गरि टास्नु पर्ने यदि नटासेको खण्डमा कानुन अनुसार कार्वाइ गरिने बताउनु भयो ।
साथै बैठकबाट मनसुन सकिने बित्तिकै स्थानिय तहहरुले अनिवार्य सडक सफाइ गर्ने निर्णय समेत गरिएको छ । यस अगाडीको बैठकमा जयपृथ्बी राजमार्गमा ६ रुपैया २५ पैसा र कच्ची सडकमा १० रुपैया निर्धारण गरेको भए पनि यातायात ब्यवसायिहरुले बिरोध गरेपछी भाडा वृद्धि भएको हो ।
बैठकमा गाउँ तथा नगरपालिका प्रमुख,सुरक्षा निकाय प्रमुख, पत्रकार र यातायात ब्यवसायी लगायत सरोकाबाला ब्याक्तीहरुको उपस्थिति रहेको थियो ।


563 पटक हेरिएको 









