नेबि संघ सि.टि.ई.भि.टि बझाङद्वारा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण

  खप्तड समाचारदाता  868 पटक हेरिएको

बझाङ : नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टी बझाङले जिल्ला प्रहरी कार्यालय बझाङलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार नेपाल विद्यार्थी संघ सि.टि.ई.भि.टिका जिल्ला अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय प्रमुख एबम् डिएसपी समक्ष सेनिटाईजर र मास्क हस्तान्तरण गरेका हुन् ।

नागरिकको सुरक्षाका निमित्त अहोरात्र खट्ने सुरक्षाकर्मिले आफ्नो स्वास्थ्यलाई ख्याल नगरे जनताको ज्युधनको रक्षा गर्न कठिनाइ हुने भएकाले विद्यार्थी संगठनले स्वास्थय सतर्कता अपनाउन उक्त सामाग्री वितरण गरेको हो। यो संगै नागरिकको सेवा प्रवाहका लागि रहेका विभिन्न कार्यलयहरुलाई पनि आगामी दिनमा स्वास्थ्य सामाग्री वितरण गरिने अध्यक्ष अधिकारीले बताए ।

उक्त कार्यक्रममा नेबिसंघका निबर्तमान केन्द्रिय सदस्य लोकेन्द्र रोकाया ,तरुण दल क्षेत्रिय सभापति अभिषेक सिंह, ने.वि संघ मष्टा गाउँपालिकाअध्यक्ष विनाेद कठायत , जयपृथ्वि नगरपालिका अध्यक्ष अनिल विष्ट, तरुण विभाग सुदुरपश्चिम प्रदेश सदस्य हिक्मत मल्ल ,नरेश बाेहरा,सुवास खड्का लगायत नेपालि कांग्रेसका भातृसंगठन नेता तथा कार्यकर्ता काे उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार