बझाङ । बझाङका ग्रामीण सडक खण्डमा चल्ने साना सवारी जिपहरुले मनपरी रुपमा भाडा असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय भाडादर कायम गरेको छ ।
जिल्लाका विभीन ग्रमीण सडकमा यात्रुहरुबाट मनपरी भाडा असुल्न थालेको गुनासो आउन थालेपाछि जिल्ला प्रशासन कायालयले यातायात व्यवस्थापन समीती संग छलफल गरी स्थानीय भाडादर कायम गरेको छ । यसअघि पनि भाडादर कायम भएको भए पनि जिप व्यवसायीले प्रसाशनको नियमलाई उल्घंन गर्दै मनोमानी रुपमा भाडा असुल्दै आएका थिए ।
सोमबार बसेको द्धिपक्षीय बैठकले जयपृथ्वी राजमार्गमा प्रति किलोमीटर ६ रुपैयाँ २५ पैसा र अन्य कच्ची सडक खण्डहरुमा प्रती किलोमीटर १० रुपैयाँ तोकेको छ । कायम भएको भाडादर सवारी साधनमा अनिर्वाय टाँस्नु पर्ने र तोकेको भाडादर भन्दा बढि असुल्ने गरेको पाइएमा कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताउनु भयो ।


3631 पटक हेरिएको 









