बझाङ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको पुर्व सन्ध्यामा बझाङ जिल्लाका ९४ वडाहरुमा वडा अधिबेसन सम्पन्न भए संगै गाउँ अधिबेसनका लागी नेताहरु आ आफ्नो उम्मेदवारी धोषणा गरि रहेका छन् । भदौ २७ गते हुने गाउँ तथा नगर अधिबेसनका लागी उम्मेदवारी घोषणा गरि रहेका हुन् ।
जिल्लाको केदारस्युँ गाउँपालिकाका लोकप्रिय नेता करसिंह धामीले समेत गाउँपालिका सभापतीको उम्मेदारी घोषणा गर्नु भएको हो । केदारस्यूँ वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका धामी लामो समय देखि नेपाली काग्रेसको राजननितीमा सकृय हुनु हुन्छ । २०४६ सालको आन्दोलन पछि काग्रेसको बिचारधारामा अडिग रहेका उहाँ २०५६ साल देखि सकृय राजनितीमा हुनुहुन्छ पार्टीको विभिन्न पदमा रहि समेत काम गर्दै आउनु भएको हो । माओबादी जनयुद्धका बेला समेत गाउँमा कांगेस भएकै कारण तत्कालिन बिद्रोही माओबादीबाट समेत पटक पटक दुख पाएका लोपकप्रिय नेता हुन ।२०७४ सालमा स्थानिय तहको निर्वाचनमा धामीले नेपाली काँग्रेसबाट निर्वाचित भएर केदारस्यूँ गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा जितेका थिए । २०५६ सालबाट राजनीतिक यात्रा सुरु गरेका उहाँले नेपाली काँग्रेस पार्टीमा सक्रिय भएर विभिन्न पदमा रही काम गरिआएको र अहिले गाउँपालिका सभापतिको लागि उम्मेदवारी घोषणा गरेको समेत जानकारी दिनुभयो ।
उहाँले युवा वर्गलाई शसक्त रुपमा अगाडि बढाउने, पार्टीलाई सुदृढीकरण, छरिएका व्यक्तिलाई एक बनाउने , काँग्रेस भित्रको गुटउपगुटको अन्त्य गर्न, आफ्नो उमेदवारी रहेको पनि धामीले बताउनुभयो । ५ जनाको उम्मेदवार हुने आकंक्षा देखाएपनि निर्विरोध बातावरण तयार हुनु पर्ने बताउनुभयो ।


1586 पटक हेरिएको 









