शिवजी मण्डेल बझाङ । बझाङमा जिपले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका ४ घर भएका अनिल रावलका ४ वर्षीया छोरा योगेन्द्र रावललाई जिपले ठक्कर दिँदा मृत्युु भएको हो । केदारस्यूँ गाउँपालिका १ देउरादेखि बाग्थाला जानेक्रममा से १ ज ९६८ नम्बरको जिपले आज बेलुकी ७.३० बजे ठक्कर दिँदा रावलको उपचारका क्रममा रायल स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभएको छ । गाडी चालक भने फरार रहेका छन् ।
फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


874 पटक हेरिएको 









