सन्जिता धामी बझाङ । बझाङमा तिजकाे चहल पहल बढेकाे छ । हिन्दु नारिहरुकाे महानपर्व हरितालिका तिज नजिकिँदै गर्दा चहलपहल बढेकाे हाे । जिल्लाका अधिकांस ठाउँहरुमा अहिले महिलाहरुले नाजगान गर्दै, दर खाँदै, रमाउँदै तिज बनाउन थालेका छन् ।
यहीँ भदौ २४ गते तीज हुने भए पछि नाजगान गर्न सुरु गरेको, रमाइलो गर्दै तिजकाे तयारी गरि रहेकाे, दर खादै रातभरि नाच्ने गरेकाे केदारस्युँ गाउँपालिका-१ देउराका महिला पुजा भण्डारीले बताउनु भयाे ।
उहाँले याे भन्दा अगाडिका बर्षहरुमा हामी धेरै नै रमाइलो गर्थ्याै, पाेहाेर साल र याे वर्ष काेराेना महामारीले गर्दा धेरै रमाइलो भएको छैन , त्यही पनि हामीले सधै तिज मनाउने गरेको हुदा तिज मनाएका हाै । अहिले काेराेना महामारीको दर कम भए पनि धेरै महिलाहरु आउँदैन् । आ-आफ्नो घरघरमा तिज मनाउँछन् । गाउँपालिकाले पनि धेरै भिडभाड नर्ने भने पछि हामी वरपरका महिलाहरु मिलेर याे पालिकाे तिज मनाउने पनि बताउनु भएको छ ।
यस्तै दुर्गाथलि गाउँपालिका-२ का संगिता रावलले पहिला सहर बजार तिर मात्रै तिज मनाउने गर्थे अहिले गाउँ घरका महिला पनि तीन मनाउन थालेका छन् । हामी महिला हरु सधै काममा मात्रै व्यस्त हुन्छाैँ । बर्ष दिनकाे एक दिन मात्रै तिज आउँछ । पहिलाको भन्दा अहिले रमाइलो गर्ने बताउनु भयाे ।
अहिले काेराेना महामारी कायमै रहेकाले धेरै भिडभाड नगरी, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि याे पालिकाे तिज मनाउन प्रमुख जिल्ला अधिकारी माेहाेन अधिकारीलेकाे आग्रह रहेको छ ।


777 पटक हेरिएको 









