बझाङ । नेपाली काग्रेसको १४ औ माहाधिबेसको पुर्व सन्ध्यामा वडा अधिबेशनको तयारीका लागि गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नम्बर ४ कार्य समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस खप्तड छान्ना गाउँपालिकाको वडा अधिबेशन र गाउँपालिका अधिबेशनका बारेमा छलफल भएको छ ।
गाउंँपालिका भित्रका काग्रेस नेता कार्यकर्ताहरुको उपस्थितिमा भएको कार्यक्रममा सबै तहका अधिवेशनहरु सर्बसम्मत गराउने वातावरण तयारी गर्ने गरि सबै ठाउँमा लबिङ गर्ने बताएका छन । कार्यक्रममा बोल्ने अधिकान्श बक्त्ताले काग्रेस भित्रको गुट र उपगुटका कारण पाटी कमजोर भएको बताउदै जिल्ला भरी नै एकताको अधिबेशन बनाउन जोड दिएका थिए ।
वडा शभापती जीवन रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउपालिका अध्यक्ष बर्क रोकाया रहनु भएको थियो । कार्यक्रममा पुर्व माझिगाउ गाबिस अध्यक्ष डम्बर रोकाया,पुर्व लामातोला गाबिस अध्यक्ष दीर्घ बहादुर थापा , खप्तड छान्ना गुरु योजना संयोजक जगत थापा , महिला नेत्री धिरा खत्री लगायत नेपाली काग्रेस समर्थित नेता कार्यकर्ताहरुको उल्लेख्य शहभागिता रहेको थियो ।


624 पटक हेरिएको 









