बझाङ। बझाङका एकजना एक महिना देखी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दुर्गाथली गाउँपालीका –४ जुजिका ६५ बर्षीय वृद्ध मिन बहादुर ओड रहेका छन् । साउन १२ गते आफन्तलाई भेट्न धनगढी जान्छुँ भनेर घरबाट हिडेका उनि अहिले सम्म फेला परेका छैनन् । उनले लगाएको लुगा बझाङको सेति नदिमा भेटीएको पारीवारीक स्रोतले बताएको छ ।
उनले लगाएको सेतो सर्ट,ज्याकेट र टोपी बझाङको सेति नदिमाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खैरो टिसर्ट र कालो पाइन्ट,भने नभटीएको बुबालाई खोज्न भनी हिडेकी छोरी रिमा ओडले बताईन् । ओड बेपत्ता भएको खबर पाउने बित्तीकै खोजीकार्य गरेको तर अहिलेसम्म फेला पार्न नसकीएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक एवम् डिएसपी रुपक खड्काले बताउनुभयो । उहाँले ओडको खोजीकार्य भई रहेको समेत बताउनुभयो ।
बेपत्ता ओड यो भन्दा अगाडी रोजगारीको सिलसीलामा भारतमा थिए । भारत बाट साउन ६ गते मात्रै उनी बझाङ पुगेका हुन् ।


1318 पटक हेरिएको 








