बझाङ । जिल्लाका बिभिन्न पालिकाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा कार्यक्रममा तीन वटा पालिका सम्मानित भएका छन् ।
सम्मानित हुनेमा प्रथम जयपृथ्वि नगरपालिका , दोस्रो थलारा गाउँपालिका र तेस्रो बित्थडचिर गाउँपालिका भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगती समिक्षा कार्यक्रम सुरु भएको थियो । दुई दिन सम्म चल्ने बार्षिक प्रगती समिक्षा कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।


470 पटक हेरिएको 









