बझाङमा जिप व्यवसायीहरु मनपरि भाडा असुल्दै 

  सुनिल मण्डेल  1833 पटक हेरिएको

सुनिल मण्डेल बझाङ । बझाङका जिप व्यवसायीले ग्रामीण सडक खण्डमा मनपरि रुपमा भाडा असुल्न थालेका छन् । जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरुबाट मनपरि भाडा असुल्न थालेका हुन् । जिप व्यवसायीले जिल्लाको मौरीबगर बजार बाट दुर्गाथली दौला सम्म यात्रा गरे बाफत ७ सय रुपैँया असुल्ने गरेका यात्रुहरुको गुनासो छ ।

विगतमा मोरीबगर बजार देखि दुर्गाथली दौला सम्मको भाडा ३ सय रुपैयाँ लिँदै आएका जिप व्यवसायीले बर्खायाम र लकडाउनको बहाना देखाउँदै तोकीएको भाडादर भन्दा तेब्बर भाडा असुल्न थालेका हुन् ।

मोरीबगर देखी दौला सम्म मात्रै नभएर जिल्लाका अधिकांस ग्रामीण शाखा–सडक खण्डमा सवारी धनिहरुले मनलाग्दी भाडा असुल्ने गरेको काम बिषेशले हिडीरहेका यात्रुहरुले बताउने गरेका छन् । सदरमुकाम चैनपुरदेखी भाँडे बजार सम्म २५० रुपैयाँ तोकेको थियो । तर आफुबाट ४०० भाडा असुलेको उपचारका लागी जिल्ला अस्पताल बझाङ पुगेका छबिस पाथीभेरा गाउँपालीका-७ का स्थानीय ललीत मण्डेलले बताए ।

जिल्ला प्रशासन कार्यालय बझाङले कोरोना भाईरसको सम्भावीत संक्रमणलाई मध्यनजर गर्दै सवारी साधनमा पनि सामाजीक दुरी कायम गरी सीमीत मात्रामा यात्रु ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ । तर जिप व्यवसायीले प्रशासनको नियमलाई समेत उल्लंघन गर्दै मनोमानी रुपमा यात्रु ओसार्दै र भाडा असुल्दै आएका छन् ।

ग्रामीण सडक खण्डमा चल्ने सवारी साधनलाई भाडादर बढाउनको लागि कुनैपनी निकायले अनुमती र ईजाजत नदिएको प्रमुख जिल्ला अधिकारि मोहन अधिकारिले बताए । त्यस्तै “तोकेको भाडादर भन्दा दोब्बर /तेब्बर र मनोमानी ढंगले यात्रुबाट भाडा असुल्ने गरेको पाईएमा कार्बाही गरिने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार