बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाबाट गाई मारेको आरोपमा स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री छन् ।
जनकले खप्तडछान्ना गाउँपालिका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


834 पटक हेरिएको 









