
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काका बुवाले पत्रकार कल्याण कोषमा पचास हजार रुपयाँ सहयोग गर्नु भएको छ । जिल्ला समन्वय समिती बझाङका संयोजक समेत रहनु भएका स्वर्गिय पत्रकार नरेश खड्काका बुवा खडग बहादुर खड्काले नेपाल पत्रकार महासंघ बझाङ शाखाले स्थापना गरेको पत्रकार कल्याण कोषमा सहयोग गनुर्् भएको हो ।
नेपाल पत्रकार महासंघ बझाङ शाखाले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४५ औ जन्म जयन्तीको अबसरमा आयोजित जयपृथ्बी र मानवता बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रमको अबसरमा महासंघका अध्यक्ष शैलेन्द्र रोकायालाई रु ५० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । हेमन्तवाडाबाट चैनपुर आउने क्रममा माथि भिरबाट आएको ढुंगा लागी २०६९ भदौ २४ गते उपचारका क्रममा काठमाण्डौको अन्नपुर्ण न्युरो हस्पिटलमा खड्काको मृत्यु भएको थियो । सहयोग गर्दै पत्रकार खड्काका बुवा खडग खड्काले भन्नुभयो मेरो छोराका जस्तै अकालमा कुनै पनि पत्रकारले मर्न नपारोस र आपतकालिन अबस्थामा पत्रकारले आफैबाट सहयोग गरुन भन्ने उदेस्यले सहयोग गरेको हुँ। उहाँले आफुले हाल सम्म पत्रकारहरुको कुनै पनि कार्यक्रममा सहयोग गर्ने संयोग नमिलेको बताउदै पत्रकारहरुको हितका लागी बनाएको कोषमा सबैले सहयोग गर्नु पर्ने समेत बताउनुभयो ।
समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेनद्र रोकायाले स्वार्गिय पत्रकार नरेश खड्काको दुर्घटनाले आफुलाई निकै स्तब्ध बनाएकाले आफ्नो कार्यकालमा पत्रकारलाई ठुलो दुर्घटना हुदाँ, ठुलो बिरामी हुदाँ प्रयोग गर्ने तरिकाले पत्रकार कल्याण कोषको स्थापना गरेको बताउनुभयो । उहाँले अरुका पिडाका कथा लेख्ने पत्रकारहरु आर्थिक अबस्था समेत दयनिय हुने भएका कारण उपचार , उद्धारमा सहयोग गर्ने उदेस्यले कोष स्थापना गरेका बताउनुभयो । हाल उŒाm कोषमा झण्डै एक लाख जम्मा भएको छ ।


756 पटक हेरिएको 









