वल्ड भिजनको सल्लाहकार समितीको बैठक सम्पन्न

  खप्तड समाचारदाता  233 पटक हेरिएको

बझाङ । वल्डभिजन संस्थाबाट संचालित परियोजनाका लागि बझाङ जिल्लामा स्थापना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठ्क शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्काको अध्यक्षतामा भएको बैठ्कमा वल्र्ड भिजनको साँझेदार संस्था प्रगतिशिल युवा समाजले परियोजनाबाट संचालित योजना कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
साँझेदार संस्था प्रगतिशिल युवा समाजका कार्यकारी निदेशक लवराज जोशीले वल्डभिजनको आर्थिक सहयोगमा संचालित समाबेशी तथा गुर्णस्तरिय शिक्षा ,समुदायमा आधारित बाल प्रायोजन र पोषण तथा उत्थानशील जिवीकोपार्जन परियोजनाबाट भए गरेका क्रियाकलाप र खर्च बिवरण बैठ्कमा जानकारी गराएका थिए । वल्र्ड भिजनको साँझेदारीमा प्रगतिशिल युवासमाजबाट जिल्लाका जयपृथ्बी नगरपालिका र केदारस्युँ गाउँपालिकामा परियोजना लागु गरिएको छ ।
परियोजनाबाट संचालित बिभिन्न कार्यक्रमहरुबाट यी दुई पालिकामा लक्षीत बर्गहरुको पोषण अवस्थामा सुधार भएको विपन्न गरिब परिवारको आर्थिक स्थितिमा सुधार भएको साथै महिलाहरुको कार्यबोझ घटेको जस्ता उपलब्धी भएको जानकारी गरेको थियो । साथै कार्यक्रम संचालन भएका केहि वडामा बिपत तथा जलवायु उत्थानशिल योजना तैयार भएको र कोभिडको बेला बिद्यालय बन्द हुदाँ पढाई शिविर संचालन गरी बालबालिकाको पढाईमा निरन्तरता भएको पनि बैड्कमा परियोजनाका कर्मचारीहरुले बताएका थिए । बैठ्कमा परियोजनाबाट संचालित कार्यक्रमहरु निकै उपलब्धी र प्रभावकारी भएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले आगामी दिनमा पनि विपन्न बालबालिकाको शैक्षिक तथा जिवन सुधारका लागि परि।योजनाले जोड दिनु पर्ने बताएका थिए । गत बर्ष देखि लागु भएको वल्डभिजनले साँझेदार संस्था मार्फत आठ करोड त्रिहत्तर लाख बयालीस हजार खर्च भएको सार्वजनिक गरिएको थियो । वल्र्ड भिजनले यस अगाडि पनि कोभिड बाट प्रभावित बालबालिकाको परिवारलाई खाद्यन्न राहत साथै अस्पताल लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । वल्र्ड भिजनले बालबालिका लाई लक्षित गरी बालबालिकाको शैक्षिक सुधार साथै समुदायको बिकासमा टेवा पु¥याउदै आएको छ । बैठ्कमा यो कार्यक्रम लागु भएका दुईवटै पालिकाका बिषयगत शाखा प्रमुख साथै सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार