सुर्मा देवी बिरीजात मेलामा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

भक्तजनहरूले मास्क अनिवार्य लगाउनुपर्ने

शिवजी मण्डेल बझाङ । बझाङमा लाग्ने धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेलामा सुर्मा गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ । धार्मिक तथा प्रसिद्ध बिरीजात मेलामा मदिराले नराम्रो प्रभाव पार्ने भएकाले गाउँपालिकाले मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पूर्ण बोहराको अध्यक्षतामा असार २४ गते बसेको वडाको बैठकको निर्णय अनुसार मेलाको अबधिभर समयमा वडा नम्बर ४ भित्र मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको वडाध्यक्ष बोहराले बताउनुभयो । त्यस्तै मेलामा मास्क लगाउन अनिवार्य र पसल व्यवसाय थाप्नेहरूले कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय भएको बताइएको छ।

साथै उक्त बैठकले युवराज सुर्मेली अध्यक्ष रहने गरि वडा स्तरीय युवा सञ्जाल गठन पनि गरेको थियो । मदिरा सेवन तथ बिक्री वितरणले सुर्मा देवीका लाखौं तिर्थालु भक्तजनहरूमा झइ झगडा हुने मेला नराम्रो बन्ने भएकोले मदिरामा रोक लगाइएको हो ।

उक्त निर्णयको अवज्ञा गरि मदिरा बिक्री वितरण तथा सेवन गरि होहल्ला गरेमा गाउँपालिकाको निर्णय अनुसार बिक्रीवितरण गर्नेलाई २५ हजार र सेवन गरि होहल्ला गर्नेलाई १० हजार जरिवाना सहित सुरक्षाकर्मीको सहयोग लिइ कारबाही गरिने वडा स्तरीय युवा सञ्जालका सचिव जगत बोहराले बताए ।

गाउँपालिकाले यो भन्दा अगाडिनै गाउँपालिका भरि मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको भएपनि सुर्मा देवी बिरीजात मेलामा थप कडी कडाइ गरिने वडा स्तरीय युवा सञ्जालका अध्यक्ष सुर्मेलीले बताएका छन् ।

बझाङको एक प्रसिद्ध ऐतिहासिक तथा धार्मिक मेलाको रुपमा चिनिने सुर्मा देवी बिरीजात मेलामा हजारौं सुर्मा देवीका आलिपालि भक्तजनहरू सुर्मा गाउँपालिका वडा नम्बर ४ थकुन्नाडामा जम्मा हुने भएकाले उक्त वडामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

उक्त धार्मिक तथा प्रसिद्ध सुर्मा देवी बिरीजात मेला १५ दिनसम्म लाग्ने गर्दछ । श्रावण महिनाको औंसी बाट सुरु भएर पुर्णिामा सम्म चल्ने सुर्मा देवी बिरीजात मेला १० दिनसम्म बाँधा मानिने गरेको सुर्मा गाउँपालिका ४ का स्थानीय दिपेश पुजाराले बताए ,
उनका अनुसार एकादसिका दिन उबासु पर्व मानि गरेको र त्यहीँ पछिल्लो दिनबाट सुर्मा सरोवरको यात्रा सुरु गरेको छ ।

सुर्मा देवीका आलिपालिहरू उबासुको भोलिपल्ट सुर्मा गाउँपालिका ४ मा रहेको पाङरचडी मन्दिरमा जम्मा हुने गरेको मिसन सुर्मा सरोवरका सञ्चालक नरेश पुजाराले बताएका छन् ।
उनका अनुसार लाखौं भक्तजनहरू जम्मा हुने थकुन्नाडा पाङरचडी मन्दिरको पेरीफेरीमा भदौ १ गते युवाहरू जम्मा भएर सरसफाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार