एमाले फुट्यो, नयाँ दल दर्ताको निवेदन आयोगमा

  बझाङ समाचारदाता  556 पटक हेरिएको

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको छ।

नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो।

नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले जानकारी दिइन्।

उनकाअनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो।

निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ।

नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार