ठेकेदारको लापरबाहीले ६ बर्ष देखि झोलुङ्गे पुलको काम अलपत्र

  बझाङ समाचारदाता  478 पटक हेरिएको

बझाङ । चिनको स्वशासित क्षेत्र तिब्बत जाने बाटोमा रहेको विकट साईपाल गाउँपालिकाको ईमिल्दारको झोलुङ्गे पुलको अलपत्र परेको छ । निर्माण कार्य सुरु भएको ६ बर्ष बिति सक्दा पनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेको हो ।

गएको भदौ महिनामा हेलिकप्टर मार्फत झोलुङगे पुलको सबै सामान ढुवानी भए पछि पुल बन्ने आसामा परेका यहाँका स्थानीय पुल निर्माणको काम बिचमै ठेकेदारले छोडे पछि निरास भएका छन् । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा रहेको ईमिल्दार पुल ठेक्का सम्झौता भएको ६वर्ष पछि सुरु हुन लागेको हो ।

समयमै पुल निमार्ण हुन नसक्दा खोला तर्ने क्रममा पछिल्लो पा“च वर्षको समयमा ७ जनाले ज्यान गुमाइ सकेका छन । पुल नबन्दा गतबर्ष सा“घुबाट नदीतर्ने क्रममा सा“घु भाचिएर २ जनायार्सा संकलकको ज्यान गएको थियो भने २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो । त्यो भन्दा अघिल्लो बर्षमा समेत जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलासका तिन जना समेत बेपत्ता भएका थिए । २०७३ साल मंसिरमा स्थानीय विकास मन्त्रालय अन्र्तगतको डोलिडार परियोजनाले पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो ।

१ सय २० मिटर लम्बाई भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरि हरीहरी निमार्ण सेवाले ठेक्का पाएकोे थियो । ६बर्ष सम्म पनि निमार्णको जिम्मा पाएको कम्पनीले विभिन्न बाहाना आएको स्थानीयको आरोप छ ।

हेलिकप्टर मार्फत सबै निर्माण सामाग्री ढुवानी गरेको भए पनि कामको भने सुरसार नभए पनि स्थानीयले पटक पटक जिल्ला प्रशासन कार्यालयमा धाएको भएपनि कुनै पनि निकायबाट सुनुवाई समेत हुन सकेको छैन् । साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले भन्नुभयो , हामीले पुलनिर्माणका लागी बारम्बार पहल गरिरहेका छौ, ठेकेदार कम्पनीले बिभिन्न बाहाना बनाउदै आउनुका साथै आजभोली त फोन समेत उठाउन छोडेको छ ।

हरीहरी निर्माण सेवाका प्रमुख प्रकाशजंङ शाहले ५० प्रतिसत काम गरि सकेको बताउँदै मिस्त्री काठमाण्डौबाट मगाउनु परेकाले ढिलो भएको बताउनुभयो । उहाँले झोलुङगे पुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, डेग, सरिया, सिमेन्ट लगायत सम्पुर्ण सामानहरु हेलिकप्टर मार्फत निर्माण स्थलपुगाई सकेका बताउदै केहीदिनमै काम सुरु गरिने बताउनुभयो ।

पुल निर्माण हुन लागेको ठाँउ साइपाल गाउ“पालिकाको धुली गाउ“बाट झण्डै २० किलोमिटर उत्तर तिर पर्छ । यही बाटो भएर बर्षेनि हजारौंको संख्य ायार्सा तथा जडिबुटी संकलक र कैलास मानसरोवर जाने तिर्थयात्रीहरु हिड्ने गर्दछन । साइपाल गाउ“पालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोर दोहोर गर्ने बाटो पनि हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार